बार्सिलोना गेटाफेसँग पराजित
समाधान संवाददाता
२०७७ कार्तिक २ गते ८:२३

एजेन्सी
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार ब्यहोरेको छ ।
शनिबार राति शीर्ष स्थानको रियल मड्रिड हार्दा बार्सिलोना पनि गेटाफेसँग १–० ले हारेको हो ।
गेटाफेका फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाविरुद्ध जित निकाल्न सफल भए ।
बार्सिलोनाका फ्रेन्की डी जोङले डिबक्सभित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो ।
बार्सिलोनाका लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलको अवसरहरु गुमाएका थिए ।
लिग तालिकाको दोस्रो स्थानमा रहेको गेटाफले शीर्ष स्थानको रियल मड्रिडको जति नै १० अंक जोडेको छ ।
बार्सिलोना भने ७ अंकसहित तालिकाको नवौं स्थानमा छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया