सधैंकाे चुनाैती छाडा चौपाया

सञ्जय रानाभाट २०७८ भदौ २१ गते १२:१६

१ कराेड बजेट विनियाेजन हुँदा पनि बनेन कान्जी हाउस

सञ्जय रानाभाट
पोखरा- गत असार ३ गते पोखरा २६ कालिका चोकनजिकै भ्यानले सडकमा हिँडिरहेको गोरुलाई ठक्कर दियो । बेगमा रहेको गाडीको ठक्करले गोरु त्यही म¥यो । यस्तै, पोखरा ६ अम्बोटमा गत साउन ३१ गते गाईको बाच्छो म¥यो । अन्दाजी २ वर्षको बाच्छोलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको थियो ।


सडकमा तीव्र गतिमा सवारी दौडिँदा छाडा चौपायाका कारण बर्सेनि दुर्घटना भई ज्यानै जानेसम्मका घटना बढिरहेका छन् । दुर्घटनामा धेरै चौपाया मारिन्छन्, मानिसकै ज्यान जाने यदाकदामात्र हो । जनावर घाइते भएर छटपटाइरहेको दृश्य आम भइसकेको छ ।


यसरी दुर्घटनामा जनावरलाई मर्ने सवारी चालकलाई कारवाही माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दासमेत परेको कास्की प्रहरी बताउँछ । गते चैत ९ गते पोखरा १४ चाउथेमा मोटरसाइकलले बाच्छोलाई ठक्कर दियो । प्रदीपकुमार गिरीले चलाएको ग१६प १०० नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि प्रहरीमा कारवाहीको माग गर्दै जाहेरीसमेत परेको छ ।

Advertisement


पोखराको गगनगौडामा गत फागुन २६ गते गोपालबहादुर भुजेलले चलाएको बसले गाईलाई ठक्कर दिँदा गाई म¥यो । ग१प २२९ नम्बरको पर्यटन बसले गाईलाई ठक्कर दिएको थियो । यो घटनामा दोषीलाई कारवाही माग गर्दै प्रहरीमा जाहेरी परेको छ ।
यसरी पोखरा महानगरभित्र छाडा चौपाया सडकमा अव्यवस्थित हुँदा धेरै अप्रिय घटना घटेका छन् । दुर्घटना हुँदा ठूलो धनराशि खर्च हुने, ज्यानै जाने, अंगभंग हुने गरेको छ ।


पोखरा महानगरपालिकाले शनिबार ८० छाडा चौपाया नियन्त्रणमा लिएको छ । शनिबार पोखरा नगरभित्रका छोरेपाटन, बगर, न्युरोड, अमरसिंह चोक लगायतका ठाउँबाट चौपाया नियन्त्रणमा लिएर अस्थायी बसोबास केन्द्र (कान्जी हाउस) पु¥याइएको छ ।

Advertisement


नियन्त्रणमा लिएका चौपायालाई शनिबार पृथ्वीचोक कृषि उपज बजारसँगैको दमकल हाउस भित्रको मिनी कान्जी हाउसकोमा १ दिन राखिएको महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण शर्माले जानकारी दिए । ‘आइतबार भने ती चौपायालाई महानगरपालिको वडा नम्बर १४ मा रहेको अस्थायी कान्जी हाउस पु¥याएको छ,’ उनले भने ।


महानगरपालिकाले यसअघि पनि ६० चौपायालाई नियन्त्रण लिई बाच्छेबुढुवामा लगेर राखेको थियो । १ सय रोपनीमा छाडा चौपाया व्यवस्थापन गर्न महानगरले अस्थायी कटेरो बनाएको थियो । यहाँ तरबार लगाउन ५ लाख खर्च भएको महानगर स्रोत बताउँछ । अहिले भने अस्थायी कटेरो सारिएको छ । त्यहाँ अहिले ४५ जनावर छन् । यसअघि त्यहाँ ६० जनावर थिए । एकै ठाउँमा जनावर राख्दा लडेर घाइते हुने, खानेकुरा नखाने अनि मर्ने घटना हुने गरेका छन् ।


तत्कालका लागि पृथ्वीचोक कृषि उपज बजारसँगैको दमकल हाउसभित्र मिनी कान्जी हाउसको व्यवस्था गरिए पनि यो पर्याप्त छैन । पोखरा महानगरपालिकाले २०७५÷७६ मै छाडा चौपाया व्यवस्थापन गर्न ठूलो काञ्जी हाउस बनाउन १ करोड विनियोजन गरेको थियो । तर अझैसम्म कान्जी हाउस बन्न सकेको छैन ।


पोखरा महानगरपालिकाका सूचना अधिकारी भरत पौडेल भन्छन्, ‘कान्जी हाउस बनेन बजेट फ्रिज भयो । नयाँ बजेटमा यो समाबेश भएको छ ।’ महानगरले चौपाया व्यवस्थापन गर्न जग्गा खोजिरहेको उनले बताए ।


स्माट सिटीको अवधारण अनुसार महानगरले पोखरा नगरभित्रबाट छाडा चौपाया व्यवस्थित गर्न नियन्त्रण लिए पनि रेखदेख भने राम्रो नगरेको १४ का स्थानीय बताउँछन् । स्थानीय भन्छन्, ‘पराल खुवाएरमात्र हुँदैन । हरियो घाँस खान नपाउँदा चौपाया छिटो मर्ने गरेका छन् ।’ महानगरले व्यवस्थापन गरी राखेका चौपायालाई व्यक्ति, सार्वजनिक संघ, संस्था वा सहकारीले पाल्न चाहेमा सम्झौता गरी उपलब्ध गराउने आन्तरिक तयारी रहेको वरिष्ठ कानुनी अधिकृत शर्मा बताउँछन् ।


पोखराका सडकमा हाल २ हजारभन्दा बढी छाडा चौपाया भएको महानगरको अनुमान छ । यसरी चौपाया बढ्नुमा कास्कीकै ग्रामीण भेग र छिमेकी जिल्लामा दूध दिन छाडेपछि बजारतिर पशु लखेटिनु मुख्य कारण हो । शर्मा भन्छन्, ‘दूध दिएसम्म पाल्ने अनि बाटोमा छाड्ने प्रवृत्ति गर्दा छाडा चौपाय बढेका छन् ।’


छाडा चौपायाकै कारण पोखरेलीले दैनिक सास्ती व्यहोरिरहेका छन् । सवारी दुर्घटनाबाट गएको ४ वर्षमा ७ छाडा चौपायाको मृत्यु भयो । छाडा चौपायामा गोरु र गाई बढी छन् । नेपालको राष्ट्रिय जनावार गाई मारे कानुन अनुुसार कारबाही हुन्छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया