कुखुरा पालेर राम्रो आम्दानी गर्दै तनहुँका पत्रकार कुँवर

तनहुँ, रासस
मोफसलका एक पत्रकारले पत्रकारिता पेशासँगै स्थानीय जातका कुखुरा पालेर राम्रो आम्दानी गर्दै आएका छन् । दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर मासिक रु ५० हजार कमाउँदै आउनुभएको हो ।
छिमेकी जिल्ला पाल्पाको माडीबाट ह्याचिङ गरेको स्याखिनो जातको कुखुरामा क्रस गरी उत्पादन भएको एक हजार चल्ला ल्याएर व्यवसाय शुरु गर्नुभएका कुँवरले पाँच महीनाको अवधिमा करीब दुई लाख ५० हजार भएको बताउनुभयो ।
भानुनगरपालिका वडा नं १३ स्थित मिर्लुङमा मिर्लुङ पशु फार्म दर्ता गरेर कुखुराको खोर, चल्ला, दाना गरी रु छ लाख ५० हजार खर्चेर व्यावसायिक रूपमा लाग्नुभएका कुवँरले अहिलेसम्म करीब ७०० कुखुरा बिक्रीसमेत भइसकेको बताउनुभयो ।
“गाउँघरका कुखुराले ओथारो बसेर निकालेको चल्ला बढीमा १०÷१५ वटा मात्र हुनसक्छ,” उहाँले भन्नुभयो, “यसले बजारको मागलाई धान्न सक्दैन, यस्तो अवस्थामा स्थानीय जात सरहकै कुखुरा उत्पादन गर्दा बजारको मागलाई धान्न सजिलो भएको छ ।”
उक्त कुखुरा पाँच महीनाको अवधिमा डेढदेखि २०० किलो हुने, प्रतिकिलो रु ६०० मा बिक्री हुने, बिक्री गर्न अन्यत्र लैजानु नपर्ने, खोरमै लिन आउने, बोइलर कुखुरालाई जस्तो बढी स्याहार गर्नुनपर्ने, रोगको प्रकोप बढी नहुनेलगायत कारणले आफू यस पेशातर्फ आकर्षित बनेको उहाँले भन्नुभयो, यस व्यवसायलाई निरन्तरता दिने योजना बनाएको छु ।
महीनाको रु ५०÷६० हजार कमाउन गाउँका युवा विदेशिने गर्छन्, उहाँले भन्नुभयो, स्वदेशमै मिहिनेत गर्न सके विदेशको कमाइ स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण दिनका लागि पनि आफूले यो व्यवसाय अँगालेको हुँ । पछिल्लो समय तनहुँमा स्याखिनो जातको कुखुरा पाल्नेहरूको आर्कषण बढ्दै गएको पाइन्छ ।
पत्रकार रामकृष्णका बुबा चीजबहादुर कुँवरले छोराले गाउँमा व्यावसायिक रुपमा कुखुरा पाल्ने गरेपछि गाउँका केही युवाले पनि सिको गर्दै थोरै सङ्ख्यामा भए पनि कुखुरा पाल्न शुरु गरेको बताउनुभयो ।







भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
कोरला १३ नेपाली चीन गए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया