महेन्द्र गुफामा वृक्षरोपण

पोखरा ।
पोखराको प्रमुख पर्यटकीय स्थल महेन्द्र गुफामा रहेको बाल उद्यानमा वृक्षारोपण गरिएको छ । लक्ष्मी बैंकमा कार्यरत कर्मचारीको संस्था लक्ष्मी केयर्सको सहकार्यमा महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको आयोजनामा भएको कार्यक्रममा धूपी, पारिजात, गुलमोहर लगायतका विभिन्न फूल तथा सौन्दर्य प्रजातिका करिब ५० बिरुवा रोपिएको हो ।
गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको समेत समन्वयमा भएको कार्यक्रममा लक्ष्मी बैंकका गण्डकी प्रदेश प्रमुख सन्दीप मानन्धरले विकास समितिका संयोजक गुरूदत्त भट्टराईलाई बिरुवा हस्तान्तरण गरी कार्यक्रम सुरूवात गरे । मानन्धरले वातावरणीय संरक्षणका लागि वोटबिरूवाको संरक्षण आवश्यक रहेको बताए ।
विकास समितिका संयोजक भट्टराईले सबै क्षेत्रको सहकार्यबाट नै वातावरणलाई स्वच्छ, सफा बनाउन सकिने उल्लेख गरे । पुष्प व्यवसायी वसन्त बानियाँले वृक्षरोपणका विषयमा सहभागीलाई प्रशिक्षण दिइन् । लक्ष्मी बैंकका विकास आचार्यले अन्तर्राष्ट्रिय क्षेत्रमै परिचित पर्यटकीय क्षेत्रमा सहकार्यमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।








लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया