बागलुङमा पाँच साहित्यकार पुरस्कृत

राष्ट्रिय समाचार समिति (रासस) २०७९ फागुन १२ गते १३:२०
aflgofFsf] ef}Hofxf k'/:s[t afun'ª, & kmfu'g M /Tg–>]i7 k'/:sf/ u'7L afun'ªåf/f k|bfg ul/g] ? %) xhf/ /flzsf] …/Tg–>]i7 /fli6«o k'/:sf/Ú n]vs rGb|k|sfz aflgofFsf] lgaGw s[lt …ef}HofxfÚ nfO{ k|bfg ub}{ jl/i7 clwjQmf kBdgfy zdf{ / u'7Lsf ;+:yfks÷;+/Ifs k|]d 5f]6f . n]vs aflgofF :jf:Yosf sf/0f ;df/f]xdf pkl:yt x'g g;s]kl5 pxfFsf efOn] k'/:sf/ u|x0f ug'{ePsf] lyof] . t:jL/ M /fdaxfb'/ yfkf, /f;;

गण्डकी ।
बागलुङको ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ले पाँच साहित्यकारलाई पुरस्कृत गरेको छ । गुठीले यस वर्षको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ पाल्पाका साहित्यकार डा शंकरप्रसाद गैरेलाई प्रदान गरेको छ । रु ५० हजार राशिको सो पुरस्कार उनको उपन्यास कृति ‘कृष्ण’का लागि प्रदान गरिएको हो ।

यस्तै यस वर्षको ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ बागलुङका लेखकद्वय सरोजराज पन्त र सूर्यनाथ सापकोटालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु १२ हजार पाँच सय छ । गुठीद्वारा स्थापित ‘धवलागिरि प्रतिभा पुरस्कार’ म्याग्दीका साहित्यकार कृष्ण बानियाँलाई प्रदान गरिएको छ । रु १५ हजार राशिको सो पुरस्कार बानियाँको संस्मरण कृति ‘बिसंगत अभिरुचि’का लागि प्रदान गरिएको गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले जानकारी दिए ।

यस्तै रु २५ हजार राशिको ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ ललितपुरका साहित्यकार रुकु कार्कीलाई प्रदान गरिएको छ । बिहीबार बागलुङ सदरमुकाममा आयोजित समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुरस्कृत लेखकहरूलाई नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरे ।

Advertisement

सोही समारोहमा काठेखोला–५ बिहँस्थित परमानन्द सन्यास आश्रमका शुभम् पन्तलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको थियो । बागलुङका गणेशप्रसाद श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु आठ हजार छ ।

गुठीले हरेक दुई दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा २०३४ सालमा पुरस्कार स्थापना गरेका हुन् । भाषा, साहित्य र संस्कृतिको उत्थानमा समर्पित स्रष्टाको सम्मानका लागि पुरस्कार गुठी स्थापना गरिएको संरक्षक छोटाले बताए ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया