चितुवा चुनौती

सभ्यताको आदिम युगतिर मानिसका लागि सबैभन्दा ठूला शत्रु वन्यजन्तु थिए । बुद्धि र विवेक लगाएर मानिसले आफूलाई अरु प्राणीभन्दा अब्बल सावित गर्दै अघि बढ्यो । आफूभन्दा शक्तिशाली र भयंकर जीवजन्तुलाई उछिन्यो । तिनीहरुलाई आफ्नै बसमा लिनसमेत समर्थवान बन्यो । तर वन्यजन्तुको हिंसाबाट मानवजाति अझैं पीडित हुन भने छाडेको छैन । पहिलेको जमानामा भेटेजति र देखेजति वन्यजन्तु मानिसले सिकार गरिहाल्थ्यो । तिनलाई मार्न चाहन्थ्यो । माथ्र्याे पनि । पछि मानिसलाई थाहा भयो कि पृथ्वीको सन्तुलनका लागि सबै प्राणी आवश्यक छन् । त्यसैले वन्यजन्तुको संरक्षणमा मानिसले चासो दिइरहेको छ । काम पनि गरिरहेको छ । तै वन्यजन्तुले चाहिँ मानिसमाथिको आक्रमण छाडेको छैन ।
विज्ञहरु के भन्छन् भने जस्तै विषालु र डरलाग्दा वन्यजन्तु पनि त्यत्तिकै मानिसलाई आक्रमण गर्दैनन् । जिस्क्यायो भने वा आफू असुरक्षित महसुस गर्यो भने वन्यजन्तु मानिसमाथि आक्रमणमा उत्रन्छ । अर्काे कारण पनि अहिले आएर देखापरेको छ कि उनीहरुको आहारको अभाव । वनमा वन्यजन्तुको आहारा सकिँदै गएको छ । मानवबस्ती जताततै विस्तार भएको छ । वन बाक्लिँदै गए पनि त्यहाँ तिनीहरुलाई चाहिने खानेकुरा छैन । अनि वन्यजन्तु मानवबस्ती पस्न थालेको छ । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा गएको १ वर्षमा मात्रै ४ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाए । चितुवा बस्तीबस्ती पसेर केटाकेटीमाथि आक्रमण गरिरहेको छ । चितुवाको आक्रमणको सिकार ६ जना भएकोमा २ जना घाइते भए अरु ४ जनाको ज्यानै गयो ।
चितुवा संरक्षित जीव हो । यसलाई मार्न कानुनले नै निषेध गरेको छ । तर मान्छेकै ज्यान असुरक्षित भएपछि मार्नुको विकल्प भएन । त्यसैले सरकारी निकायले नै नरभक्षी चितुवा समात्ने वा मार्ने अनुमति स्थानीयलाई दिएका छन् । संरक्षित वन्यजन्तुको नियन्त्रणका लागि मार्ने विकल्प अन्तिम हो । मान्छेको मूल्यसँग अरु कुनै पनि जीवजन्तुको मूल्य तुलना हुँदैन । आखिर अरु जीवजन्तुको संरक्षण पनि मानवीय जीवन र पृथ्वीको खाद्यचक्र तथा वातावरण सन्तुलनका लागि चाहिने हो । तर मानिस नै खतरामा पर्छ भने जीवजन्तुको नियन्त्रण गर्नैपर्ने हुन्छ ।
तर जुन कारणले वन्यजन्तु मानवबस्ती पसेका छन् । त्यसको कारण पत्ता लगाएर समाधान निकाल्नु दीर्घकालीन र भरपर्दाे विकल्प हो । यसको खोजी विज्ञले गर्नुपर्छ । जिल्ला वन तथा सम्बन्धित सरकारी निकायले यसको खोजीमा विज्ञ लगाउन जरुरी छ ।
चितुवा होस् या भालु अथवा बाँदर तिनलाई वनमै आहाराको व्यवस्था गर्ने उपाय के हुन सक्छ, त्यो महत्वपूर्ण खोजी हुनुपर्छ । तराई मधेसमा हात्ती आतंक छ, त्यसको निराकरणको उपाय पनि त्यही हो कि उनीहरुलाई चाहिने आहारा वनमै व्यवस्था गरिनुपर्छ । यो दायित्व सरकारकै हो । त्यसमा जनसहभागिता जुटाउने काम सरकारले गर्न सक्छ ।







स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
हिमपातपछि याकचौँरी बेँसीमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया