गायक दिनेश गौतमले पोखरामा महफिल जमाउँदै

समाधान संवाददाता २०७५ फागुन १ गते १३:१७

समाधान संवादाता, पोखरा

गायक दिनेश गौतमले पोखरामा गजलको महफिल जमाउँदै छन् । नेपाली संगीत क्षेत्रमा फरक धार र स्वादका गीत÷गजल पस्केका गौतमले पोखरामा फागुन ३ गते सांगीतिक महफिल जमाउने भएका हुन् ।

पैसा गीतबाट चर्चामा आएका गौतमले पोखरामा झन्डै दर्जन गजल सुनाउने छन् । गौतमले काठमाडौं र पोखराका स्रस्टाका गजलसमेत गाएर माहोल तताउने छन् । फलैंचा स्पट कालिकास्थानको प्रस्तुतिमा हुन लागेको महफिलमा पोखरेली गीत, गजल र संगीतका पारखीलाई गौतमले विशेष स्वाद चखाउने छन् ।

Advertisement

पोखराको फेवा रिसोर्ट डिहिकोपाटनमा शुक्रबार ५ बजे साँझ हुन लागेको महफिलको गजल सन्ध्या पोखराले सहकार्य गरेको छ । कार्यक्रमकको तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ । ‘दिनेश गौतम नेपाली गीत, संगीत र गजलको क्षेत्रमा विशेष पहिचान बनाएका व्यक्ति हुन्,’ कार्यक्रमको चाँजो मिलाइरहेका गजलकार बाबु त्रिपाठीले भने, ‘पोखरामा पहिलो पटक हुन महफिल विशेष अवसर बन्ने छ ।’

दशकअघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गौतम रुचाइएका गायक हुन् । गौतमको ‘म ईश्वर भएको भए’, ‘इमान बेचिदिन्छ मान्छे…’, ‘छाती भित्र पतझड राखेको छु.’, ‘हो यस्तै रहेछ माया’, ‘म मान्छे थिएँ’ लगायतका दर्जनभन्दा बढी गीत चर्चित छन् । गौतमको केही समयअघि मात्र बजारमा आएको नयाँ ‘बाँसै काटेर’ले चर्चा बटुलिरहेको छ ।

Advertisement

साहित्यमा पुस्तक प्रसादका नामले परिचित गायक गौतम पोखरामा हुने मेहफिलबाट पोखरेली पारखीलाई विशेष स्वाद चखाउन आतुर रहेको बताउँछन् । ‘पोखरामा मेरो यो पहिलो महफिल हो,’ गौतमले भने, ‘मेरा गीत, संगीत रुचाउने र साहित्य मन पराउने पोखरेलीलाई विशेष प्रस्तुति रहने छ ।

तपाईको प्रतिक्रिया