सप्तरंग म्युजिकल जर्नी आज

समाधान संवाददाता २०७५ फागुन २ गते ९:२९

समाधान संवाददाता

७ प्रदेशका सातै कलाकारको सहभागितामा बिहीबार पोखरामा सप्तरंग म्युजिकल जर्नी हुनेभएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रमको तयारी पूरा भएको स्थानीय व्यवस्थापक बार्दली मिडिया प्रालिले जनाएको छ ।

संघीयता कार्यान्वयनसँगै सातै प्रदेशका नागरिकबीच सांगीतिक माहोलमार्फत सद्भाव र ऐक्यवद्धता कायम गर्न यस अघि ६ वटा प्रदेशमा भइसकेको छ । ‘सप्तरंग म्युजिकल जर्नी’ को अन्तिम कार्यक्रम पोखरामा हुन लागेको हो । ‘ग्रिष्मा ब्रोडकास्टिङ’ ले ‘७ प्रदेश र ७ हामी’ नाराका साथ ७ कलाकारलाई सातै प्रदेशका मुख्य सहरमा कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा गायक प्रमोद खरेल, हास्य कलाकार सन्दीप क्षेत्री, गायक रामकृष्ण ढकाल, लोकगायक पशुपति शर्मा, गायिका इन्दिरा जोशी, नायिका अन्जली अधिकारी र खेलाडी दीपक बिष्ट सहभागी छन् ।

माघ १८ मा दमकबाट सुरु भएको कार्यक्रम माघ २० मा जनकपुर, माघ २२ मा नारायणगढ, माघ २४ मा बुटबल, माघ २६ मा सुर्खेत, माघ २८ मा धनगढीमा सम्पन्न भइसकेको छ । उक्त कार्यक्रममा दर्शकलाई प्रवेश निशुल्क रहेको बार्दली मिडियाका प्रवन्धक मन क्षेत्रीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया