प्रेस युनियन कास्कीको निर्बाचन हुँदै, अध्यक्षमा तीन जनाको भिडन्त

समाधान संवाददाता २०७५ फागुन ११ गते १८:४५

समाधान सम्वाददाता

नेपाल प्रेस युनियन कास्कीको अध्यक्षका लागि तिन जनाको उमेद्वारी परेको छ । सर्बसम्मत गर्ने प्रयास असफल भएपछि निर्बाचन समितिले चुनावी प्रकृया शुरु गरेको हो ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको सभाहलमा भैरहेको अधिवशेनमा अध्यक्ष पदका लागि नविन सिग्देल, माधव रेग्मी र यदुनाथ बञ्जराले अध्यक्षमा उम्मेद्वारी दिएका छन्् ।

Advertisement

खुल्ला उपाध्यक्षमा प्रकाशचन्द्र सापकोटाको मात्रै उम्मेद्वारी परेको छ । समाधान दैनिकका सम्वाददाता सापकोटा निर्बिरोध निर्बाचित भएका छने । तर महिला उपाध्यक्षमा भने तीन जनाको उम्मेद्वारी परेको छ । महिला उपाध्यक्षका लागि रविना आले, गिता लामिछाने र ज्योती हमालले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै सचिवका लागि पनि तिन जनाकै उम्मेद्वारी परेको छ । प्रदिप पौडेल, सन्दिप पौडेल र भूपाल गुरुङले सचिवको उम्मेद्वारी दर्ता गराएका छन् । कोषाध्यक्षका विजय लम्साल र पदम श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ भने सहसचिवमा अनिशा श्रेष्ठ निर्बिरोध भएकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया