प्रदेश मातहतका अस्पताल सुधार्छाैैः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७५ चैत १४ गते ११:५२

समाधान संवाददाता
बागलुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । पार्टीको कामका सिलसिलामा बागलुङ आएका मुख्यमन्त्री गुरुङले धौलागिरि अञ्चल अस्पतालको अनुगमनपछि प्रदेश मातहतका अस्पतालको सुधारका लागि प्रदेश सरकारले आवश्य प्रक्रिया अगाडि बढाएको बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने उल्लेख गर्दै हरेक संस्था सबल हुनका लागि व्यवस्थापन, जनशक्ति, संरचना र स्रोत आवश्यक पर्ने भएकाले सबैलाई मिलाएर लैजान सकेमात्र निश्चित उद्देश्य प्राप्त हुने बताए ।

Advertisement

मुख्यमन्त्री गुरुङले अस्पतालका सबै विभाग अवलोकनपछि अरुले सुनेर सहयोग गर्नुभन्दा आफूले देखेर आवश्यक सहयोग गर्दा सहयोगको सही सदुपयोग हुने भएकाले अस्पताल अनुगमन गरिएको बताए । अस्पताल विकास समिति अध्यक्ष केबी रानामगरले अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति तथा भौतिक सुधार अभाव भएकाले सहयोग गर्न मुख्यमन्त्री गुरुङसँग आग्रह गरे ।

विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइएको थियो । अञ्चल अस्पतालले प्रदान गर्ने सेवा सुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका छन् । १६ विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल ७ विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सक छन् ।

Advertisement

यसअघि जिल्ला प्रशासन कार्यालयमा गरिएको कार्यालय प्रमुखबीचको अन्तक्रियामा मुख्यमन्त्री गुरुङले काम गर्न सकिन भन्ने छुट कसैलाई नभएको भन्दै द्रुत गतिमा काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । प्रदेश सरकारले काम गर्ने वातावरण तयार गरे पनि बजेट खर्च सन्तोषजनक नभएको उनले बताए । प्रदेश सरकारको कुल बजेटको जम्मा ११ प्रतिशतमात्र खर्च हुनु भनेको अत्यन्त दुःखद भएकाले ३ वटै तहसँग सहकार्य गरेर काम गर्न आग्रह गरे ।

गण्डकी प्रदेश सरकार समृद्ध प्रदेश निर्माणका लागि परेकाले सबैले सहयोगी आचरण गर्न आग्रह गरे । मुख्यमन्त्री गुरुङले आवश्यक कानुन निर्माण भइसकेकाले आगामी दिनमा काम गर्न सहज हुने आश्वासन दिए ।

तपाईको प्रतिक्रिया