रामेश्वर मन्दिरमा ‘राम चरित्र’ तयारी

समाधान संवाददाता २०७५ चैत २४ गते १४:०२

पोखरा,

पोखरा ११ फूलबारीस्थित रामेश्वर मन्दिरको प्राङ्गणमा यही चैत्र २३ गतेदेखि ३० गतेसम्म श्रीराम चरित्र एवं आध्यात्मिक प्रवचनको तयारी गरिएको छ । राम नवमीको उपलक्ष्यमा मन्दिर व्यवस्थापन समितिले उक्त तयारी गरेको हो । कार्यक्रममा संस्कृत विद्यापीठका उपप्राध्यापक भानुभक्त आचार्यले रामचरित्र एवं प्रवचन गर्ने कार्यक्रम छ ।

त्रेता युगमा श्रीरामले यस धर्तीमा अवतार लिएको तिथि रामनवमीको अवसरमा कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वेदराज बास्तोलाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया