पोखराबाट नेपाल भ्रमण वर्ष घोषणा हुँदै

समाधान संवाददाता २०७५ चैत २६ गते १२:०३

रासस

सरकारले पोखराबाट नेपाल भ्रमण २०२० को पूर्व शुरुवात ‘सफ्ट लञ्चिङ’ गर्ने भएको छ । नयाँ वर्षको पूर्व सन्ध्यामामा आउँदो ३० गते भ्रमण वर्षको शुरुआत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो ।

भ्रमण वर्षको तयारीका सम्बन्धमा २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमण वर्ष मूलआयोजक समितिको बैठक बस्ने र पोखराबाट पहिलो चरणको शुरुआती कार्यक्रम घोषण गरिने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

Advertisement

भ्रमण वर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको आवश्यक तयारीपछि भ्रमण वर्षको औपचारिक सुरुआत गरिने पनि उनले उल्लेख गरे । भ्रमण वर्ष मनाउन पर्यटनमन्त्री अध्यक्ष रहनेगरी मूलआयोजक समिति र कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्य नियुक्त भएका थिए ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । अहिले पर्यटनमन्त्रीको जिम्मेवारीसमेत प्रधानमन्त्रीले लिएका छन् ।

Advertisement

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य लिएको छ । चालु अब २०७५÷७६ को बजेटमा भ्रमण वर्ष मनाउने उल्लेख गरिएको थियो । यसअघि सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल–९८’ र सन् २०११ मा १० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य राखेर ‘नेपाल टुरिजम इयर’ मनाइएको थियो । उक्त कार्यक्रमको प्रभावस्वरुप पर्यटकको संख्या उल्लेख्य वृद्धि भएको थियो ।

नेपाल पर्यटन बोर्डको विवरण अनुसार सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को पहिलो दुई महीना जनवरी र फेब्रअरीमा दुई लाख १६ हजार विदेशी पर्यटक नेपाल आएका छन् ।

तपाईको प्रतिक्रिया