अब वैदेशिक यात्रामा जाँदा पाँच हजार भन्दा बढी लान नपाइने

समाधान संवाददाता २०७६ वैशाख ६ गते १४:२५

समाधान संवाददाता, काठमाडाैं

अब नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा सो देशको रकम पाँच हजार भन्दा बढी लान नपाइने व्यवस्था गरिएको छ ।

नेपाली मुद्रा तथा विदेशी विनिमयको ओसार पोसारमा नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले सो व्यवस्था गरेको हो । विदेशी विनिमय ऐन, २०१९ ले पनि नेपाली मुद्रा तथा विदेशी विनिमयको ओसार पसारमा नियन्त्रण गर्नु पर्ने उल्लेख गरेको छ ।

Advertisement

सो व्यवस्था अनुसार नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर पाँच हजारभन्दा बढी साथमा लैजान वा ल्याउन भन्सार प्रमाणित हुनुपर्ने छ ।

त्यस्तै, नेपाली नागरिकले विदेश जाँदा पासपोर्ट सटही सुविधा सहित अमेरिकी डलर पाँच हजारसम्मको नगद विदेशी मुद्रा लिएर जानुपर्दा सो विदेशी मुद्रा राहदानीमा दरपिठ गरिएको हुनुपर्ने छ ।

Advertisement

उक्त सीमासम्म नगद विदेशी मुद्रा लैजादा नियमानुसार अघिल्लो पटक सटही गरी बचेको रकम लैजान पाउने सीमा समेतलाई गणना गर्दा अमेरिकी डरलर, पाँच हजार वा सो बराबरको नाघ्न हुने छैन ।

तर औषधी उपचार वा अन्य विशेष प्रयोजनको लागि विदेशी मुद्रा सटही प्राप्त गरेको प्रमाण पेश गरेमा त्यस्तो रकम लैजान भने बाधा नपर्ने राष्ट्र बैङ्कले व्यवस्था गरेको छ ।

विदेशी नागरिकले नेपालबाट अन्य मुलुकमा जाँदा प्रतिव्यक्ति अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी नगदै साथमा लैजान पाउने छैन ।

तर नेपाल आउँदा भन्सार स्वघोषणा गरी ल्याएको सीमा भित्रको रकम स्वघोषण गरी लैजान भने पाउने छ । यदि नेपाली वा विदेशी नागरिकले तोकिएको भन्दा बढी लैजान नेपाल राष्ट्र बैङ्कमा निवेदन दिनुपर्ने छ ।

तपाईको प्रतिक्रिया