हिमालमा हराएका २ कोरियन १० बर्ष पछि भेटिए

समाधान संवाददाता २०७६ साउन २५ गते १५:४४

समाधान संवाददाता

नेपाल पर्वतारोहण संघ (एनएमए)ले हिमचुली हिमाल आरोहणका क्रममा १० वर्षअघि मृत्यु भएका २ आरोहीको शव व्यवस्थापन गरेको छ । अन्नपूर्ण आधार शिविरनजिक अन्नपूर्ण साउथ र हिमचुली हिमालको बीच भागमा गोठालोले फेला पारेर संघलाई खबर गरेपछि व्यवस्थापन गरेको हो ।

कास्की छोम्रोङ गाउँका स्थानीयले शव भेटेको भन्दै संघलाई २ हप्ताअघि जानकारी गराएका थिए । करिब ५ हजार ५ सय मिटरमा रहेको शव कोरियन नागरिकको भएको संघले जानकारी दिएको छ । एउटा शव भेटिएको खबर संघलाई दिएपछि संघले २ जना कर्मचारीलाई त्यस क्षेत्रमा पहिचान गर्न पठाएको थियो । त्यसक्रममा अर्को शव पनि भेटिएपछि संघको वातावरण समिति र उद्धार समितिको पहलमा शुक्रबार बिहान पोखरा ल्याएर पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको अध्यक्ष लामाले बताए ।

Advertisement

शवको व्यवस्थापनमा अन्नपूर्ण संरक्षण क्षेत्रले कुनै पनि चासो नदेखाएपछि संघले अगुवाइ गरेको थियो । कानुनी रुपमा कुन कम्पनीबाट आरोहणमा गएको सोही कम्पनीले शवको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि पर्यटन विभागले शवको पहिचान गरी एजेन्सीलाई ल्याउन कडाइ नगर्दा संघले शव ल्याउन लाखौं खर्चनुपरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया