पल्सरको एनएस २०० एफआई भर्सन पाेखरामा

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १३:२०

समाधान संवाददाता, पोखरा

बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० को एबिएस सहित एफआई भर्सन पोखराको बजारमा बिक्री सुरु भएको छ । पोखरामा इच्छाशक्ति अटोमोबाइल्सले बिक्री गर्ने यो मोटरसाइकल बजाजका लागि नेपालमै हुलास अटोक्राफ्टले उत्पादन गरेको हो । कम्पनीले एनएस २०० मा एबिएससहित एफआई इन्जिन लगाइएको छ । हाल, कार्बुरेटर सेटअपमा रहेको यो मोटरसाइकल ४ रङमा बजारमा उपलब्ध छ ।

बजाजले यसमा फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्विड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपिएममा २३.१७ बिएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पिड गियरबक्स दिइएको छ ।

Advertisement

मोटरसाइकलको लम्बाइ, चौडाइ, उचाई र ह्विलबेसलाई महत्वपूर्ण मानिन्छ । यसको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम र उचाइ १०७५ एमएम रहेको छ । यसमा ८०५ एमएमको सिट हाइट रहेको छ भने, १५६३ एमएमको ह्वीलवेश र १६७ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको फ्रन्ट साइडमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्कसँगै एन्टीफ्रिक्शन ब्रुशर र रियरमा निट्रोक्स मनोसक एब्जर्बर सस्पेन्सन लगाइएको छ । यस्तै, फ्रन्टमा २८० एमएमको पेटल र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । यसको टप–स्पिड क्षमता प्रतिघन्टा १ सय ३६ किलोमिटर रहेको छ भने, प्रतिलिटर ५३ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसमा डिजिटल स्पिडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ । यसका साथै, इलेक्ट्रिक लाइट, पिलन फोरेस्ट, स्प्लिट सिट, पिलन ग्राब रेल लगायतका विशेषता उपलब्ध छ । नेपाली बजारमा एनएस २०० एफआईको मूल्य ३ लाख ५४ हजार ९ सय रुपैयाँ छ ।

Advertisement

तपाईको प्रतिक्रिया