त्रिवेणी इन्टरनेसनलमा स्वागत कार्यक्रम

समाधान संवाददाता २०७६ मंसिर ८ गते १४:०५

समाधान संवाददाता, पोखरा

पोखरा–२७ तालचोकस्थित त्रिवेणी इन्टरनेसनल कलेजको विद्यार्थी कल्याणकारी समितिले बिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । त्रिवेणी इन्टरनेसनल कलेज तथा त्रिवेणी इन्टरनेसनल कम्पनीका अध्यक्ष बाबुराम गिरी, कलेज प्रमुख यदुराज आचार्य, कलेज निर्देशक मधुसूदन सापकोटा, उप–प्रध्यापक विद्यार्थी कल्याणकारी समितिका पूर्व तथा वर्तमान पदाधिकारी र विद्यार्थी कार्यक्रममा सहभागी रहे ।

त्रिवेणी इन्टरनेसनल कलेज विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष मञ्जु कँडेलको सभापतित्वमा कार्यक्रम भएको थियो । विद्यार्थी कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतम, क्यापसका सहायक क्यापस प्रमुख डिल्लीराम पौडेल लगायतले मन्तव्य राखे । विद्यार्थीको गायन, नृत्य तथा हास्यव्यङग्य कार्यक्रममा प्रस्तुत भयो । कल्याणकारी समितिका सचिव सुमन शुक्रराज तिवारी तथा सदस्य प्रतिभा बास्तोलाले उद्घोषण गरेको कार्यक्रममा स्वागत मन्तव्य कल्याणकारी समिति सदस्य सृष्टि तिवारीले राखिन् ।

Advertisement

तपाईको प्रतिक्रिया