प्रहरीलाई पैसा दिन खोज्ने अख्तियारमा

समाधान संवाददाता २०७६ पुष ३ गते १२:४१

समाधान संवाददाता, वालिङ

वडा प्रहरी कार्यालय वालिङमा प्रहरीलाई पैसाको प्रलोभनमा पार्न खोज्ने व्यापारी अख्तियारको फन्दामा परेका छन् । प्रहरी निरीक्षक नीरञ्जन घिमिरेलाई रुपन्देही वसन्तपुर गाउँपालिका—४ स्थायी घर भई हाल वालिङ ८ बस्ने ५१ वर्षीय जहरुदीन मिया १५ हजार रुपैयाँ दिन खोज्दा अख्तियारको फन्दामा परेका हुन् ।

मियाले गोरु व्यापार गर्दै आएको र आफूलाई सहयोग गर्न माग गर्दै प्रहरीलाई पैसा दिन खोजेका थिए । मैले गोरु व्यापार गर्नुप¥यो, मलाई सहयोग गर्नुस् यो रकम तपाई राख्नुस् भन्दै मियाले टेबुलमा पैसा राखेका थिए । उनलाई १५ हजार रुपैयाँसहित नियन्त्रणमा लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया