ठूलो मात्रामा लागूऔषध सहित २ जना पक्राउ

समाधान संवाददाता २०७६ पुष २१ गते १६:१८

समाधान संवाददाता, पाेखरा

वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले यही पौष २० गते ठुलो मात्रामा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा १३ पाटनवेशी बस्ने वर्ष २१ को अनुप तामाङ र पोखरा २७ शिसुवा बस्ने वर्ष १९को विशाल परियार रहेका छन् ।

Advertisement

पोखरा-१३ काहुँखोला स्थित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले तामाङले चलाएको ग ०७ प ६१२४ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल भाग्न उम्कन खोजे पश्चात प्रहरीले निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको लागूऔषध डाईजापाम ९४ एम्पुल, नुफिन ९४ एम्पुल र फेनरागन ९२ एम्पुल गरी जम्मा २८० एम्पुल लागूऔषध, मोबाईल २ थान र मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरीक्षक प्रकास थापाले बताउनुभयो ।

Advertisement

तपाईको प्रतिक्रिया