प्रदर्शनी केन्द्रमा आज गजुरियल सो

समाधान संवाददाता
पोखरा
नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शुक्रबार हाँस्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहने भएको छ । नियमित खुल्ला एकल नृत्य प्रतियोगिता तथा लोकदोहारीपछि मनोज मञ्चमा उक्लने आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । यसैगरि मेलामा साँझ फेसन सोको पनि राखिएको छ ।
विभिन्न डिजाइनहरुले तयार पारेका पोसाकसहित मोडलहरु र्याम्पमा उतार्ने तयारी गरिएको साँस्कृतिक उपसमिति संयोजक सोभित पौडेलले जानकारी दिए । बिहीबारसम्म करिब ५८ हजार दर्शकले मेलाको अवलोकन गरेका संघका महासचिव तथा प्रचार–प्रसार उपसमिति संयोजक अर्जुन पोखरेलले जनाए ।
शुक्रबार लोकदोहोरीतर्फ बबिता बानिया, विक्रम परियार, दिलु लामा, केशव घिमिरे, प्रेम बस्याल, पार्वती गुरुङ, प्रेमराज अधिकारीलगायतको प्रस्तुति रहनेछ । विहीबार चर्चित लोकगायक प्रकाश सपुतको विशेष प्रस्तुतिमा दर्शकहरु झुमे । आधुनिक गायक राज सिग्देलले पनि सहभागीलाई भरपुर मनोरञ्जन दिए । मेला पुसको २८ गतेसम्म चल्ने छ । मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि, स्काइ बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको छ ।क
तपाईको प्रतिक्रिया