‘युरोप पठाइदिने’ भन्दै आफ्नै ठग्ने ‘शिवानन्द स्वामी बाबा’ पक्राउ

समाधान संवाददाता २०७६ पुष २८ गते १५:२८

समाधान संवाददाता, काठमाडाैं

Advertisement

‘युरोप पठाइदिन्छु’ भन्दै ठगी गर्ने शिवानन्द स्वामी बाबाबाट चिनिने दिपक भण्डारी पक्राउ परेका छन्।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उनीविरुद्ध उजुरी दिएका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।

शिवानन्द स्वामी बाबा टौदहमा आश्रम निर्माण गरेर बस्दै आएका थिए।

Advertisement


तपाईको प्रतिक्रिया