पोखरा महोत्सव आज अन्तिम दिन

समाधान संवाददाता २०७६ माघ १२ गते १२:३१

समाधान संवाददाता
पाेखरा

पोखरा महोत्सवको अन्तिम दिन आइतबार बालप्रतिभा कमला घिमिरे र प्रिन्स लम्सालबीच लाइभ दोहोरी हुने भएको छ । दर्शकले दोहोरीबाट भाइरल बनेकी कमला र प्रिन्सको माग गरेपछि आयोजकले उनीहरुलाई आइतबार दिउँसो स्टेजमा उतार्ने तयारी गरेको छ । उनीहरुले विशेष समय लिएर पोखरा महोत्सवमा आउने दर्शकलाई दोहोरी प्रस्तुत गरी मनोरञ्जन दिने गर्ने महोत्सव सांस्कृतिक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

घिमिरे र लम्सालसँगै लोकदोहोरी कलाकार सरला पाण्डे, कुमार पुन, डिला विक, सुरेन्द्र गुरुङ, टेक क्षेत्री, शिवहरि ढुंगाना, सीता परियार, सीता केसी, निश्चल थापा, प्रशान्त तामाङ, परशुराम अधिकारी, किसान नेपाली लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । संस्कृतिकतर्फ बगाले टोल ताया मचा समितिको गाईजात्रा नृत्य प्रस्तुत हुने छ । सांँझको पप तथा लाइभ कन्सर्टमा अनुप्रस्थ र मेलिना राईको प्रस्तुति रहनेछ ।

Advertisement

महोत्सवमा शनिबार जनसागर उर्लिएपछि कारोबारसमेत निकै बढेको छ । दर्शकलाई चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको लोकदोहोरीमार्फत् दर्शकले भरपुर मनोरञ्जन लिए । पंगेनीसँगै लोकदोहोरी कलाकार प्रजापति पराजुली, तारापति सुवेदी, सुरेन्द्र गुरुङ, पूर्ण परियार, रामजी पौडेल, दिलु लामा, सविना गुरुङ, सरीता सारुमगर, टस गुरुङ, विकास नेपाली, टेक क्षेत्री, सुरेस रानामगर लगायतको प्रस्तुतिमा दर्शक रमाए ।

शनिबार आधुनिक गायक सन्तोष बस्याल र सांँझको पप कन्टसर्टमा अन्तर्राष्ट्रिय ब्यान्ड मन्त्र र स्थानीय ब्ल्याक रोजको प्रस्तुतिमा युवाले भरपुर मनोरञ्जन लिए । संस्कृतितर्फ माटेपानी मगर समाजको मगर संस्कृतिमा आधारित कौरा नृत्य प्रस्तुत भयो ।

Advertisement

तपाईको प्रतिक्रिया