नृत्यको कथामा चलचित्र बन्दै

समाधान संवाददाता २०७६ फागुन ६ गते १२:४३

समाधान संवाददाता
समाधान

फिल्म निर्माण कम्पनी एबी इन्टरनेसनलले नयाँ सिनेमा घोषणा गरेको छ । कम्पनीले ‘बिटुडीः बर्न टु डान्स’ नामक सिनेमा घोषणा गरेको हो । सिनेमा डान्समा आधारित हुने निर्माण कम्पनीले जानकारी दिएको छ ।

‘बर्न टु डान्स’ सत्यकथामा आधारित हुने निर्माण पक्षको दावी छ । निर्माण कम्पनीले सिनेमालाई ड्रिम प्रोजेक्ट मानेको छ । यो फिल्मबाट नृत्य निर्देशक अमन तामाङले सिनेमा निर्देशनमा डेब्यु गर्दै छन् । तामाङ २ दशकदेखि नृत्य निर्देशन गरिरहेका छन् ।

Advertisement

निर्माण युनिटले सिनेमाको पोस्टर सार्वजनिक गर्दै सिनेमा घोषणा गरेको हो । यही युनिटले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ भदौ ५ गते रिलिज हुँदै छ । आगामी वर्ष रिलिज हुने सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माण पक्षले बताएको छ ।

सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ । नायिकाका लागि टेरिया मगरलाई प्रस्ताव गरेको खुलेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया