पोखरामा मिस नेपालको खोजी

समाधान संवाददाता २०७६ फागुन २९ गते १२:४०

समाधान संवाददाता
पोखरा

Advertisement

मिस नेपाल २०२० खोजी गर्दै द हिडन ट्रेजर टोली पोखरा आइपुगेको छ । शुक्रबार हुने अडिसनका लागि आयोजक टोली बुधबार नै पोखरा आएको हो । अडिसनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले पोखराबाट नयाँ मिस नेपाल पाउने अपेक्षा सुनाए ।

प्रतियोगिताको २६ औं संस्करणको पोखरा अडिसन सेदी स्थित वाटर फन्ट रिसोर्टमा हुनेछ । मिस नेपाल फाइनल आगामी जेठ २ गते काठमाडौंमा हुनेछ । यस वर्षकी मिस नेपाललाई त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार प्रदान गरिने हिडन टेजर अध्यक्ष राजकर्णिकारले जानकारी दिए । अडिसनमा सहभागी हुन चाहने पोखरेली युवतीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । ‘सहभागी हुन चाहनेले अनलाइनमार्फत आवेदन दिन सक्छन्,’ अध्यक्ष राजकर्णिकारले भने, ‘पोखराबाट कति लैजाने भनेर कोटा प्रणाली छैन, उत्कृष्ट जति सबै लैजान्छौं ।’

प्रतियोगितामा सहभागी हुने युवती १९ वर्षदेखि २६ वर्षका र अविवाहित हुनुपर्ने छ । प्लस टु पास गरेका, कम्तीमा ५.४ इन्च उचाइ भएका र शरीरमा ट्याटु नखोपेका युवतीले आवेदन दिन सक्ने अध्यक्ष राजकर्णिकारले बताए । मिस नेपाल २०२० मा ४ टाइटलमात्र रहने छन् । हरेक वर्ष ५ अन्तर्र्रािष्ट्रय टाइटल राखिँदै आएकोमा यस वर्ष ‘मिस युनिभर्स २०२०’ नहुने आयोजकले जनाएको छ ।

यस संस्करणमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस सुपर नेसनल र मिस इन्टरनेसनल उपाधि रहनेछन् । मिस युनिभर्सको आयोजक संस्थाले लाइसेन्स नवीकरण नगरिदिएकाले यस वर्ष मिस युनिभर्स टाइटल नहुने राजकर्णिकारले बताए । मिस नेपालको २६ औं संस्करणसम्म ५ सयभन्दा बढीले सहभागिता जनाइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया