रुपा गाउँपालिकाले क्वारेन्टाइनको खर्च आफैले ब्यहोर्ने, खानपिन बसोबास र औषधोपचारको राम्रो व्यवस्था

समाधान संवाददाता २०७६ चैत १२ गते १६:१३

समाधान संवाददाता

कास्कीको रुपा गाउ पालिकामाले विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्दा हुने सबै खर्च आफैले ब्यहोरेको छ । गाउ पालिकाको कार्यालयले आफ्नै लगानीमा तयार पारेको क्वारेन्टाइन २९ जनालाई राखिएको छ । उसले स्थानीय विद्यालय र होटललाई क्वारेन्टाईन स्थल बनाएको छ ।

रुपा गाउ पालिकाका अध्यक्ष नवराज ओझाका अनुसार पछिल्लो समयमा विदेशबाट आएका जो सुकैलाई क्वारेन्टाईनमा राखिएको हो । आफ्नो गाउमा कोरोना भाइरसको महामारी फैलन नदिन कडाईका साथ क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेको अध्यक्ष ओझाले बताए ।

Advertisement

क्वारेन्टाइनमा राखिएका २९ जना मध्ये ६ जना महिला छन । उनीहरु भारत, कतार, दुवही, साउदी अरब, ओमन, मलेशिया लगायतका देशबाट हालसालै नेपाल फर्किएका हुन ।

गाउ पालिकाले विश्वशान्ति माविमा २४ बेडको क्वारेन्टाईन केन्द्र बनाएको छ भने रुपाकोटको धु्रव तारा गेष्टलाई पनि क्वारेन्टाइन स्थलका रुपमा विकसित गरेको छ । त्यस्तै हंसपुरमा थप २० बेड तयार गर्दैछ ।

Advertisement

अध्यक्ष ओझाका अनुसार क्वारेन्टाइनमा राखिएका सबैलाई खाने, बस्ने र स्वास्थ्य परिक्षण गरिरहने दायित्व गाउपालिका आफैले ब्यहोरेको छ । “गाउ पालिका कै खर्चमा क्वारेन्टाईन स्थल तयार पारेका छौं, अहिलेलाई ६० जनासम्म क्वारेन्टाइनमा राख्न सक्छौं ।’ अध्यक्ष नवराज ओझाले समाधान अनलाईनसंग भने–‘उनीको सबै खर्च गाउपालिकाले ब्यहोरेको छ । फलफुल सहित खानपिनको राम्रो व्यवस्था गरेका छौं ।’ क्वारेन्टाइनका लागि आवश्यक बेड बिस्तारा पनि गाउपालिका आफैले व्यवस्था गरेको हो ।

गाउ पालिकाले क्वारेन्टाइनमा राख्न थालेको थाहा पाएपछि विदेशबाट आएकाहरु आफै सम्पर्कमा आईरहेको पनि उनले बताए । ‘सम्पर्कमा आउना साथ उनीहरुलाई लिन एम्बुलेन्स वा गाउ पालिकाको गाडी पठाउछौं ।’ ओझाले भने–‘स्वास्थ्यकर्मी पनि २४ सै घण्टा खटिरहनु भएको छ ।’

सुखद खबर भन्दै अध्यक्ष ओझाले क्वारेन्टाइनमा राखिएका मध्ये कसैलाई पनि अहिलेसम्म कोरोना भाइरसको लक्षण नदेखिएको बताए ।

तपाईको प्रतिक्रिया