मुस्ताङबाट ६० पर्यटकको उद्धार, थप ६० को आज हुँदै

समाधान संवाददाता २०७६ चैत १३ गते १२:१७

समाधान संवाददाता

एक्कासी लागु गरिएको लक डाउनबाट मुस्ताङमा अलपत्र परेका पर्यटकहरुको उद्धार भैरहेको छ । स्थानीय प्रशासन र नेपाल पर्यटन बोर्डको अगुवाईमा पर्यटकलाई काठमाण्डौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी तुलबहादुर कार्कीका अनुसार बुधबारसम्म ६० जनालाई काठमााण्डौं पठाइएको थियो भने थप ६० जनालाई आज पठाइदैछ । ‘काठमाण्डौं फर्कनै पर्ने अवस्थाका पर्यटकलाई गाडी खोजेर पठाएका छौं ।’ डिएसपी कार्कीले भने–आज पनि थप ६० जना जाँदैछन् । यतै बस्छौं भन्नेहरु यतै बसेका छन् ।

सरकारले जहाँ हुनुहुन्छ त्यही बस्न आग्रह गर्दै लक डाउन लागु गरेपनि दुर्गम ठाउमा विदेशी अत्तालिन सक्ने भएकाले उद्धार गरेर काठमाण्डौं पठाउन पहल गरिएको नेपाल पर्यटन बोर्डका कार्यकार सदस्य विप्लब पौडेलले बताए ।

तपाईको प्रतिक्रिया