गण्डकीकाे डिआइजीमा घनश्याम अर्याल

समाधान संवाददाता २०७७ वैशाख ८ गते २०:३९

गण्डकी प्रदेश प्रदेश प्रहरी कार्यालय प्रमुखमा डिआइजी घनश्याम अर्याल पदस्थापन भएका छन् ।

साेमबार प्रहरी महानिरीक्षकले दर्ज्यानी चिह्न प्रदान गरे लगत्तै १० जना डिआइजीकाे पदस्थापन गरिएकाे हाे । बढुवा गरिएकामध्ये ७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।

जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की पठाइएका छन् भने २ नं. प्रदेशमा धिरजप्रताप सिंहलाई पठाइएको छ । वागमती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी छन् ।

Advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा सहकुलबहादुर थापालाई पठाइएको छ । थापाले यसअघि अपराध अनुसन्धान महाशाखाको नेतृत्व गरिसकेका छन् । सिआइबीका डिआइजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ ।

हाल प्रदेश नं. २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ । यसअघि ब्युरोको नेतृत्व गरेका डिआइजी हरिबहादुर पाल एआइजीमा बढुवा भइसकेका छन् ।

Advertisement

डिआइजी अरुणकुमार बिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया