पूर्व सचिव उपाध्याय २५ हजार धराैटीमा रिहा
समाधान संवाददाता
२०७७ वैशाख १५ गते १५:३०

काठमाडौं
साइबर अपराध गरेको आरोप लागेका पूर्व सचिव भीम उपाध्यायलाई
काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोले ५ दिन अघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको ३ दिनमै सरकारी वकिलमार्फत अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।
सम्बन्धित
तपाईको प्रतिक्रिया