ओली – नेपाल पक्षीय भेला सकियो, भोलि सचिवालय बैठक

समाधान संवाददाता २०७७ वैशाख १५ गते १९:५२

काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल इतरका नेताहरुको अनौपचारिक भेलाले भोलि मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षीय नेताहरुको नेपाल निवास कोटेश्वरमा बसेको भेलाले यस्तो निकर्ष निकालेको हो। ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका थिए। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए।

Advertisement

पछिल्लो समय सत्तारुढ दलमा देखिएको मतभेदपछि ओली इतरका नेताहरु एक भएर ओलीको विकल्प खोज्न तयार भएपछि ओलीकै सल्लाहमा पूर्व एमालेका नेताहरु बसेर छलफल गरेका हुन्।

कोटेश्वरमा पूर्व एमालेको भेला चलिरहँदा अर्का अध्यक्ष दाहालले बरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरुसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया