अन्नपूर्णको दाङसिङमा खाद्यान्न सहयोग

समाधान संवाददाता २०७७ वैशाख २५ गते १५:००

पोखरा

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ साविकको दाङसिङ गा वि स वडा नं १ दखि ६ मा रहेका विपन्न परिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको छ ।

लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रकुमार शेरचनको व्यवस्थापन तथा पहलमा खाद्यान्न समग्री वितरण गरिएको हो ।

Advertisement

शेरचनकै पहलमा पोखरा रानीपौवा सिरमोरलाइनका चीनबहादुर प्यारी म्हेगिकोने गुरुङ प्रतिष्ठानका अध्यक्ष पूर्ण कोने एवं दाल भात पावर परिवार मुग्लिन, अनिको साथीको संसारका प्रमुख प्रश्न घमाल, कुमुदिनी होम्स पोखरा, पल्सरबाइक सोरुमका प्रोपाइटर इच्छामान बुद्दाचार्यले खाद्यान्न सामग्री सहयोग गरेका थिए ।

अध्यक्ष कोनेले उपचार गर्न नसकेका दीर्घ रोगीहरु र अपाङगाहरुलाइ आर्थिक सहयोग पनि गरेका थिए । चीनबहादुर प्यारी गुरुङ प्रतिस्ठान त्यस क्षेत्रमा धेरै लोक कल्याणकारी कामहरु गर्दै आएको शेरचनले जानकारी दिए ।

Advertisement

विश्व अहिले कोराना महामारीले लकडाउनको स्थितिमा ज्याला मजदुरी गरिखाने वर्गलाइ हात मुख जोडन दिनप्रतिदिन गारो भइरहेको यस परिस्थितमा संघसंस्था तथा समाजसेवी व्यक्तित्वहरु गरेको यो सहहयोगलाई स्थानियले प्रशंशा गरेका थिए ।

अन्नपूर्ण गाउँपालिका अन्तर्ग विभिन्न वडामा रहेका अतिविपन्न परिवारलाई पनि खाद्यान्न समाग्री वितण गर्ने पहल थालिएको शेरचनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया