रुखबाट लडेर बरालकाे ज्यान गयाे

समाधान संवाददाता २०७७ वैशाख २९ गते १६:३०

पाेखरा

पाेखरा महानगरपालिका-१३ आर्वाका ६१ वर्षे गजेन्द्रबहादुर बरालकाे घाँस झार्ने क्रममा साेमबार रुखबाट खसेर मृत्यु भएकाे छ ।

घर नजिकै दवाङ खोलामा घाँस काट्दै गर्दा उनी रुखबाट खसेका थिए । उनलाई घाइते अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेकाे प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Advertisement

घटनाको विषयमा जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान थालेकाे उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया