सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी बलात्कार आराेपमा पक्राउ
समाधान संवाददाता
२०७७ असार ३१ गते १६:५७
पाेखरा
सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी बलात्कार आराेपमा बुधबार पक्राउ परेका छन् ।
लामापाटनस्थित आफ्नै क्वाटरमा बाेलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेकाे पीडित महिलाले प्रहरीलाई फाेनमार्फत जानकारी गराएपछि तत्काल नेपाल प्रहरीकाे टाेलीले अधिकारीलाई नियन्त्रणमा लिएकाे हाे । घटना आजकै हाे ।
एसएसपी अधिकारी पक्राउ परेकाे गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी घनश्याम अर्यालले पुष्टि गरे ।
प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका अस्पताल लगेकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया