आज राती पिएसजी र आरबी लेइप्जिग भिड्दै, एम्वाप्पे चाेट मुक्त

समाधान संवाददाता २०७७ भदौ २ गते ८:३१

एजेन्सी

आजराती च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेल हुँदैछ । फाइनल प्रवेशका लागि हुने खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आरबी लेइप्जिगसँग प्रतिस्पर्धा गर्ने छ ।

लिस्बोनमा हुने याे बहुप्रतिक्षित खेलका लागि केलियन एमबाप्पे पनि फिट रहेको पिएसजीले जनाएको छ ।

Advertisement

एमबाप्पे चोट मुक्त भएको र अब खेल्नका लागि तयार रहेको प्रशिक्षक थोमस टुसिलले बताएका हुन् । गएको बुधबार राति भएको अन्तिम ८ को खेलमा थप खेलाडीका रुपमा मैदान छिरेर एट्लान्टालाई पराजित गर्न भूमिका निर्वाह गरेका एमबाप्पे त्यसयता लगातार प्रशिक्षणमा छन् ।

एट्लान्टसँगको खेलमा ३० मिनेटमा खेलेका एमबाप्पेमा त्यसको कुनै खराब प्रतिक्रिया नदेखिएको र अहिले थप रोग निको हुने क्रममा रहेकाले एमबाप्पे तयार रहेको प्रशिक्षक टुसिलले बताएका हुन् ।

Advertisement

यस्तै नेइमारको नेतृत्व क्षमताबाट आफू प्रभावित भएको पनि प्रशिक्षकले बताएका छन्। नेइमारले यो सिजन २५ खेलमा १९ गोल गरेका छन् ।

तपाईको प्रतिक्रिया