बायर्न म्युनिख बन्यो युरोपियन लिग च्याम्पियन

समाधान संवाददाता २०७७ भदौ ८ गते २:३८

समाधान संवाददाता, पोखरा

बार्सिलोनालाई ८ गोल नहान्दासम्म धेरै फुटबल प्रेमीहरुले पत्याएका थिएनन्, जर्मन क्लब बार्यन म्युनिख युरोपियन फुटबल लिग च्याम्पियनकाे फाईनल खेल खेल्ला भनेर, च्याम्पियन बन्ने कुरा त धेरै परकाे ।

उपाधीको सबैभन्दा बलियो दावेदार मानिएको बार्सिलोनालाई ८–२ गाेलकाे लज्जाजनक हार चखाएपछि एकाएक बायर्न चर्चामा आयो र फुटबल जगतमा भुइचालो नै ल्यायो ।

Advertisement

त्यो भुइचालो फाइनल खेलसम्म नै कायम रह्यो । ब्राजिलियन स्टार नेयमार र फ्रान्सेली स्टार एम्बापे सहितको पिएसजी च्याम्पियन बन्ने धेरैको आँकलन थियो । तर आइतबार राति त्यो सपना पनि चकनाचुर पारिदियो बायर्नले ।

खेलको अधिकांश समय बल आफ्नै नियन्त्रणमा लिएको बार्यनले दोश्रो हाफमा पिएसजी विरुद्ध गोल गर्यो । बायर्नका कोम्यानले खेलको ५९ औ मिनेटमा हेड माफर्mत सुन्दर गोल गरे, त्यही गोल युरोपको च्याम्पियन टिम बन्न काफी बन्यो ।

Advertisement

तपाईको प्रतिक्रिया