६ किलो गाँजासहित पोखराबाट २ जना पक्राउ
समाधान संवाददाता
२०७७ भदौ १५ गते १२:२७

समाधान संवाददाता, पोखरा
ठूलो परिमाणको गाँजासहित कास्की प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी १२ घर भई पोखरा १७ विरौटा बस्ने २३ वर्षीय संजोक विक र पोखरा १७ का २० वर्षीय शिलास विक रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
उनीहरुको साथबाट ६ केजी १ सय ग्राम गाँजा, तौल लिने मेसिन र ग९प ६०२८ नम्बरको पल्सल मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
जिल्लाको सहयोगमा प्रहरी चौकी भरतपोखरीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया