आफ्नै ७ वर्षीय छाेरी बलात्कार गर्ने बाबु पक्राउ

समाधान संवाददाता २०७७ भदौ १७ गते १४:५७

समाधान संवाददाता, काठमाण्डाैं ।

आफ्नै ७ वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा काठमाण्डाैंमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्ने ती बाबुकाे उमेर ४० वर्ष छ ।

७ वर्षकी छाेरीलाई ७ महिना देखि पटक पटक बलत्कार गरेकाे खुलेकाे छ । पछिल्लाे पटक बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेकी थिइन् । उपचार कै क्रममा बाबुले बलात्कार गरेकाे खुलेकाे प्रहरीले बताएकाे छ ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया