झापामा १ युवाको विभत्स हत्या

समाधान संवाददाता २०७७ भदौ १७ गते १८:२८

झापा

झापाको शिवसतासी नगरपालिकास्थित रतुवामाई बृक्षारोपण आयोजनाको जङ्गलभित्र बिभत्स हत्या गरिएको एक युवाको शव फेला परेको छ ।

आज बिहान फेला परेका शव वडा नम्बर ११ निवासी २८ वर्षीय गोमनसिंह मगरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

Advertisement

मङ्गलबार साँझदेखि हराएका उनलाई जङ्गलभित्र लगेर कसैले हत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

उनको धारिलो हतियारले टाउको छिनाएको र शरीरका विभिन्न भाग काटिएको अवस्थामा छ ।

Advertisement

सङ्घीय प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुरसमेत ल्याएर अभियुक्तको खोजी गरिरहेको प्रवक्ता थापाले बताउनुभयो ।

उनको शव पोस्टमार्टमका लागि धरानस्थित विपी मोमोरियल अस्पताल पठाइएको छ । रासस

तपाईको प्रतिक्रिया