सुशांत मृत्यु प्रकरणः रियाका भाइसहित २ गिरफ्तार

समाधान संवाददाता २०७७ भदौ २१ गते ७:३१

एजेन्सी

भारतीय अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १ जना सुशांतकै प्रेमिका रियाका भाइ र अर्का १ जना सुशांतकै घरेलु कामदार छन्।

नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले सुशान्तका घरेलु सहायक दिपेश सावन्तलाई पनि गिरफ्तार गरेको हो।

Advertisement

यसअघि टोलीले सुशान्तका पूर्व म्यानेजर समेत रहेका प्रेमिका एवं अभिनेत्री रिया चक्रवर्तीका भाइलाई गिरफ्तार गरेको थियो।

एनसीबी डेपुटी डाइरेक्टर केपीएस मल्होत्राले सुशान्तका घरेलु सहायक दिपेश सावन्तलाई ड्रग्स किन्ने र त्यसको लेनदेनको मामलामा गिरफ्तार गरिएको जानकारी दिएका छन्।

Advertisement

उनलाई डिजिटल प्रमाण र बयानका आधारमा गिरफ्तार गरिएको उनले बताए। पक्राउ परेकाहरुसँग सोधपुछको काम भइरहेको छ ।

रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्त सिंहका म्यानेजर सैमुअल मिरान्डा अहिले हिरासतमा छन्।

सुशान्त सिंह राजपूत मुम्बई स्थित आफ्नो घरमा मृत भेटिएका थिए।

तपाईको प्रतिक्रिया