वरदान दसैं उत्सव, विजेतालाई खसी

समाधान संवाददाता २०७७ असोज १२ गते ९:५६

समाधान संवाददाता, पोखरा

पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले नेपालीहरुको महान चाड बडादसैंको अवसरमा वरदान दसैं उत्सव कार्यक्रम सुरु गरेको छ ।

असोज ११ गतेदेखि कात्तिक ६ गतेसम्म जारी रहने उत्सवमा ग्राहकले ३० प्रतिशतसम्म छुट र विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् ।

Advertisement

१ हजार रुपैयाँभन्दा बढी सामान खरिदकर्तालाई स्टोरले अर्डरकोड उपलब्ध गराउनेछ । त्यसै कोडमार्फत लक्की ड्रमार्फत विजेता छनोट गरिने कार्यकारी प्रमुख सञ्जीव पौडेलले जानकारी दिए ।

लक्की ड्रबाट प्रथम हुनेले खसी उपहार प्राप्त गर्नेछन् । दोस्रो पुरस्कार वापत चितवनको बाराही जंगल रिसोर्टको तर्फबाट २ दिन १ रातको कपल स्टे विथ डिन्नर, तेस्रो पुरस्कार जित्नेले सराङकोट माउन्टेन लजमा २ दिन १ रातको कपल स्टे विथ डिन्नर, चौथो पुरस्कार जित्नेले ५ हजार रुपैयाँ बराबरको ब्यञ्जन रेस्टुरेन्टमा फुड कुपन प्राप्त गर्नेछन् ।

Advertisement

यसबाहेक वरदान दसैं उत्सवको उपहारमा ५० जनाले हरेक हप्ता ५ सय रुपैयाँ बराबरको बरदान अनलाइन स्टोरको गिफ्ट भौचर पाउनेछन् ।

दसैं उत्सवको समाप्तिपछि दोस्रो ठूलो चाड तिहारको अवसरमा पनि अर्को अफरका साथ कार्यक्रम गरिने कार्यकारी प्रमुख पौडेलले जनाए ।

स्टोरका प्रबन्ध निर्देशक वैभव पौडेलले कोरोना महामारीबीच नेपालीको महान चाडको अवसरमा ग्राहकको जीवनमा खुसी ल्याउन उत्सव ल्याएको बताए।

उनले भने, ‘दसैंका बेलामा आशा थप्नका लागि आकर्षक पुरस्कार लिएर आएका हौं ।’

वरदानमा सपिङ गर्न आधिकारिक वेबसाइट बरदानस्टोर डटकममा सामान अर्डर गर्न सकिन्छ ।

ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै आउने निर्देशक पौडेलले बताए ।

तपाईको प्रतिक्रिया