११ दिनपछि ओली र प्रचण्डको भेटघाट

समाधान संवाददाता २०७७ कार्तिक १५ गते १५:२०

समाधान संवाददाता


नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद सुरु भएको छ । प्रधानमन्त्री ओली र दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । ओली र प्रचण्डबीच कात्तिक ४ गतेदेखि संवाद रोकिएको थियो ।


प्रचण्ड शनिबार दिउसो नेकपा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली भेट्न बालुवाटार पुगेका हुन् । कर्णाली प्रदेश सरकारको विषयमा उत्पन्न विवादपछि प्रचण्ड बालुवाटार गएका थिएनन् ।
कर्णालीको विवादलाई लिएर दुवै अध्यक्षले फरकफरक निर्देशन दिएका थिए। त्यसयता ओली र प्रचण्डको संवाद टुटेको थियो । यसबीचमा दुवै अध्यक्षबीच संवाद गराउन ओली निकट नेताहरु पटकपटक खुमलटार पुगेका थिए । शुक्रबार मत्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेका थिए ।

Advertisement


दुवै अध्यक्षले नेकपा एकताका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको बालवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदमा भएको हेरफेर, भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्रीले रातिमा गरेको भेटसहितका विषयलाई लिएर नेकपामा विवाद चुलिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया