राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी डिस्चार्ज

समाधान संवाददाता २०७७ मंसिर २ गते २२:४२

काठमाडौं

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले मंगलबार साँझ ५ बजे डिस्चार्ज गरेको हो ।

अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिए । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र उपचारमा संलग्न सबैप्रति आभारी रहेको केसीले बताए ।

Advertisement

‘देश विदेशबाट मेरो स्वास्थ्यप्रति चासो राख्नुहुने पार्टीका साथीहरु, शुभचिन्तक, विभिन्न पार्टीका नेताकार्यकर्ता र सबै जनताप्रति आभारी छु’ केसीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सबै शुभचिन्तक र खासगरी उपचारमा संलग्न चिकित्सक तथा नर्सहरुप्रति धन्यवाद दिन चाहन्छु ।’

अध्यक्ष केसी पेटको दीर्घकालिन रोगले ग्रस्त भएसँगै निमोनिया र डायरियाबाट पीडित भएपछि अघिल्लो मंगलबार पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएको राष्ट्रिय जनमाेर्चाका नेता आन्नद शर्माले बताएका थिए ।

Advertisement

उनलाई अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया