नेपाल र रावल पार्टी सदस्यबाट निलम्बित

समाधान संवाददाता २०७७ चैत १६ गते १७:३५

काठमाडौँ ।

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिएको हो । उनीहरूलाई निलम्बन गरिएको बारे प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीहरूलाई गराएका छन् ।

पार्टी कार्यालयका सचिव इश्वरी रिजालले पत्र पठाइएको बताए । ‘हामीले उहाँहरूलाई अध्यक्षज्यूको निर्देशन अनुसार पत्र पठाएका छौं, उहाँहरूले पत्र बुझेपछि तपाईहरूले उहाँहरूलाई नै सोध्नु होला नि’ नेपाल र रावललाई सच्चिन अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा ओलीले पत्रमा भनेका छन् ।

Advertisement

आफ्ना विचार र क्रियाकलापहरू सच्याएर पार्टीका पक्षमा आए निलम्बन अवधि घटाउन सकिने पनि पत्रमा उल्लेख छ । सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानेर पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने चेतावनीसमेत ओलीले पत्रमा दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया