मेराे राेजाई नै युवा तथा खेलकुद मन्त्रालय हाे–दीपक मनाङे

समाधान संवाददाता २०७८ वैशाख १६ गते १९:१०

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्री दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालय आफ्नाे राेजाईकाे मन्त्रालय भएकाे बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रीकाे सपथ ग्रहण गरे लगत्तै प्रतिक्रिया दिदैं मनाङेले मुख्यमन्त्रीसँग आफुले यही मन्त्रालय मागेकाे दावी गरे ।

Advertisement

अरु धेरै के के रहेछ, त्याे मेराे चासाेकाे विषय हाेइन, मैले जानेकाे क्षेत्र युवा र खेलकुद हाे, यही विषयकाे मन्त्रालय दिनुस भनेकाे दिनुभएछ– उनले भनें ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार मनाङबाट स्वतन्त्र हैसियतमा निर्बाचित सांसद दीपकलाई मन्त्री नियुक्त गरेका हुन् ।

Advertisement

मनाङेकाे राेजाई अनुसार नै मन्त्रिपरिषद्ले सामाजिक विकास मन्त्रालय अन्तरगत रहेकाे युवा तथा खेलकुद मन्त्रालय फुटालेर नयाँ मन्त्रालय स्थापना गरेकाे हाे ।

उनले विहीबार नै प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गाेपनीयताकाे सपथ खाइसकेका छन् भने लगत्तै मन्त्रालयकाे जिम्मेबारी समेत सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया