गण्डकीमा आज १४ संक्रमितको मृत्यु, कास्कीका ६ जना

समाधान संवाददाता २०७८ जेठ १ गते १७:०६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आज १४ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार कास्कीका ६, पर्वतका ३, स्याङ्जाका २, म्याग्दी र तनहुँ र गोरखाका १÷१ संक्रमितको मृत्यु भएको हो ।

म्याग्दी बेनी नगरपालिका ५ की ४५ वर्षीय कोरोना संक्रमित महिलाको वैशाख ३१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । तनहुँ भिमाद नगरपालिका ५ की २२ वर्षीय कोरोना संक्रमितको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । पर्वत जलजला गाउँपालिका ४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

Advertisement

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । कास्की पोखरा महानगरपालिका २ की ३९ वर्षीया महिला संक्रमित, पोखरा १४ का ५२ वर्षीय कोरोना संक्रमित पुरुष, पोखरा १४ का ४९ वर्षीय पुरुष, पोखरा १४ का ४५ वर्षीय पुरुष, पोखरा ८ का ४२ वर्षीय पुरुष र पोखरा ३० का ५३ वर्षीय पुरुषको संक्रमण पछि मृत्यु भएको छ ।

पर्वत कुश्मा नगरापलिका १२ की ५२ वर्षीय संक्रमित, गोरखा शहिद लखन गाउँपालिका ४ का ४२ वर्षीय पुरुष, स्याङ्जा वालिङ नगरपालिका ६ का ७६८ वर्षीय पुरुष र पर्वत फलेबास गाउँपालिका ५ की ३२ वर्षीया महिलाको निधन भएको छ ।

Advertisement

प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५५ पुगेको छ । शुक्रबार प्रदेशभर २३ संक्रमितको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया