आज सपथ लिने सबै बिनाविभागीय, विश्वासकाे मतपछि मात्र मन्त्रालय भागबण्डा !

समाधान संवाददाता २०७८ जेठ २९ गते १४:४६

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशकाे मुख्यमन्त्रीकाे सपथ लिने तयारी गरेका कृष्णचन्द्र नेपाली पाेखरेलले सबै मन्त्रालय आफैसँग राखेर सपथ ग्रहण गर्ने श्राेतले बताएकाे छ ।

दलहरुबीच मन्त्रालय र सरकारमा सहभागी हुने मन्त्रीहरुबीच कुरा नमिल्दा सबै मन्त्रालयकाे जिम्मेबारी मुख्यमन्त्रीले नै राखेर सपथ लिने तयारी भैरहेकेा एक कांग्रेस सभासदे समाधानलाई जानकारी दिए ।

Advertisement

“आज ३ जना मन्त्रीले सपथ खाने सम्भावना छ, उहाँहरु सबै बिनाविभागीय मन्त्री हुनुहुनेछ” उनले समाधानसँग भने–विश्वासकाे मत प्राप्त गरेपछि मात्र मन्त्रालयकाे जिम्मेबारी ताेकिने गरी छलफल अघि बढेकाे छ ।”

यद्यपि कांग्रेसकाे याे प्रस्तावमा अरु दल सहमत हुन सकेका छैनन् । विश्वासकाे मत प्राप्त गरेपछि धाेका पाइने हाेकी भन्ने आशंका दुर गर्न उनीहरू विश्वस्त हुन चाहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया