कोरलापासमा च्यांग्रासंगै दिन कटाउने छिरिङको आत्मकथा

समाधान संवाददाता २०७८ साउन २ गते १०:२७


एसके थकाली \ जोमसोम

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङका छिरिङधावाको दैनिकी भेडा—च्यांग्रासंगै दिन कटाउने रहेको छ । उत्तरी चिनको स्वाशासितक्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकासंगै सीमाना जोडिएको कोरलापासमा बर्सेनि बर्खायाममा गोठ खडा गरी चरनक्षेत्रमा च्यांग्रा रेखदेख गर्ने छिरिङ धावाको पूख्यौली पेशाले उब्जाएको बाध्यता हो ।

छिरिङसहित छिमेकीको कोरलापासको गोठमा झन्डै ३ सय बढी च्यांग्रा छन् । हिउँदयाममा अत्यधिक जाडोका कारण गाउँमा राख्ने र बर्खायाम कोरलापासको पठार चरनक्षेत्रमा च्यांग्रा रेखदेख गर्ने गर्छन । उपल्लो मुस्ताङमा एक बाली खेतीपाती हुने र खेतीयोग्य जग्गा समेत कम हुने भएकाले पशुपालन व्यवसाय छिरिङको जिविकोपार्जनको एकमात्र बिकल्प बन्दै आईरहेको छ । बर्खायाममा कोरलापासमा त्रिपाल टांगेर महिनौंमहिनासम्स च्यांग्रा हेर्दै बस्ने छिरिङको दिनचर्या भित्र पर्दछ।

Advertisement

कालो पोशाकमा गुजल्टिएको केश , शारिरिक हाउभाउ र उनको लवजले पशु गोठालोले भोग्ने जिवन्तकथा उजागर गरेको प्रष्टै देखिन्छ । अलिअलि अंगेजी मिसाएर नेपाली भाषामा आफ्ना कुरा सहजै व्यक्त गर्नसक्छन छिरिङ।कोरलापासको नजिकै उनको गोठ छ । रातको समय सौर्यउर्जा सोलार बत्तीको सहारामा च्यांग्रासंगै रात कटाउने छिरिङको रहर थिएन बाध्यात्मक पेशाको उपज थियो ।

कोरलापास

समून्द्री सतहदेखि ४५ सय मिटरको अग्लो उचाईमा छिरिङले गोठै खडा गरी बसेका छन् । कोरोना कहरका कारण २ वर्षदेखि उत्तरी कोरलानाका ठप्प छ । कोरोनाकै कारण उपल्लो मुस्ताङ र तिब्बतबीच हुने अन्तरदेशीय ब्यापार मेला संञ्चालन हुन सकेको छैन । नाका बन्द हुँदा पशुपालन व्यवसाय समेत प्रभावित बनेको छिरिङ बताउछन् ।

Advertisement

व्यापार मेलामा तिब्बतबाट च्यांग्राका पाठापाठी ल्याउने र यताबाट पश्मिना तिब्बतको ब्यापार मेलामा पठाउने गरेपछि त्यो व्यवसाय बन्द हुँदा उनी समस्यामा परेका छन् ।कोरोना कहरले गर्दा पशुपालन व्यवसायमा घाटा लागेको छिरिङले निराश हुँदै सुनाउँछन् ।

कोरलापासको नजिकै गोठ खडा गरेका छिरिङ कहिलेकाही त च्यांग्रा चराउँदै÷चराउँदै तिब्बती भूमीमा पुगेको पत्तै पाउँदैनन् । उत्तरी कोरलानाकामा चौबिसै घण्टा सीसी क्यामेराले चिनियाँ सुरक्षाकर्मी निगरानी गर्ने भएकाले कहिले काही चाईनिज सुरक्षाकर्मीको फन्दामा पर्ने गरेको उनी सुनाउँछन् ।च्यांग्रा हेर्ने क्रममा तिब्बती भूमीमा पुग्दा कोरलानाकामा खटिएका सुरक्षाकर्मीले देख्नसाथ च्यांग्रा गोठालालाई नियन्त्रणमा लिने गरेको छिरिङको भनाई छ ।

“ कोरलानाकाको सीमा कटेर गएमा उताका सुरक्षाकर्मी देख्नसाथ समातिहाल्छन् ,त्यसपछि दुई घण्टा बढी जहाको त्यही होल्ड गरेर राख्छन् ,उनले थपे,“ कहाँबाट आएको हो ?नाम,थर केहो?सबै सोध्छन ।’ उनले सुरक्षाकर्मीले सोधेको सबै कुरा हामीले उनीहरुलाई सुनाउनु पर्ने उल्लेख गरे
छिरिङका अनुसार च्यांग्रा चराउँदै सीमा कटेर गएमा गाउको नाम बताएपछि गाउँका ठुला÷ठुला भद्रभलाद्मी मान्छेलाई फोन गर्छन र उनीहरुको जमानीमा छाडिदिन्छन् । नाम,थर र ठेगाना गलत बताएमा जेलसम्म हाल्ने डर देखाउने गरेको उनले बताए ।कोरलापासमा खटिएका चिनियाँ सुरक्षाअधिकारीहरुसंग उपल्लो मुस्ताङका ठुला÷ठुला व्यक्तिको फोन नम्बर राख्ने गरेको उल्लेख गरे ।

उपल्लो मुस्ताङ र चिनको स्वाशितक्षेत्र तिब्बतको कोरलापासको तिब्बती भूमीमा चिनियाँ सुरक्षाकर्मीले फोटो र भिडियो खिच्न रोक लगाउने गरेको जनाए ।
ठुलो पठार क्षेत्रफलमा फैलिएको कोरलापासमा गोठ खडा गर्दा ब्वासो र चाईनिज कुुकुरले दुख दिने गरेको च्यांग्रा पालक छिरिङले बताए ।तर,उनले कोरलापासमा च्यांग्रा रेखदेख गरी बस्दा कहिल्यै हिमचितुवा नदेखेको सुनाए ।

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना –एक्याप¬) अन्तर्गतको निषेध तथा नियन्त्रितक्षेत्र उपल्लो मुस्ताङमा एक्यापले वातावरण संरक्षण तथा जैविक विविधतामा योगदान दिएको उल्लेख गरे ।उनले एक्यापले च्यांग्रा पालकहरुलाई वन्यजन्तुबाट च्यांग्रा जोगाउन खोरमा तारजाली लगाउन सहयोग गरेको बताए ।
फोटो क्याप्सन ः
मुस्ताङको उत्तरी कोरलापासको पठार चरनक्षेत्रमा च्यांग्रा रेखदेखिमा खटिएका चराङका छिरिङधावा ,। तस्विर ःऋषि बराल – एक्याप ) \

तपाईको प्रतिक्रिया