महामारीको पीडा गीतमा

समाधान संवाददाता २०७८ साउन २४ गते १७:४२

समाधान संवाददाता
पोखरा- लोकदोहोरी गायक नवराज अधिकारीले समसामयिक विषयवस्तुलाई समेटेर नयाँ तीजगीत बजारमा ल्याएका छन् । उनले दिदी मत ‘टुहुरो’ भएँम्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

सर्जक अधिकारीलेडिजिटल स्टार पोखराको अफिसियल पेजबाट सार्वजनिक गरिएको गीतले कोभिड १९ले विश्वव्यापी प्रभावलाई जस्ताको तस्तै उतारेको बताए ।‘माइती र चेलीको सम्बन्ध राख्ने तीज पर्वको छुट्टै महत्व र विशेषता छ,’उनले भने, ‘कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको लकडाउनकाकारण रोगले गलाएर सिकिस्तै भएकी आमाको मुखसमेत हेर्न हेर्न नपाएको चेलीको बिलैनालाई गीतमा उतारिएको छ ।’

सर्जक अधिकारीले गीतमा आमा गुमाएको पीडा भाइले दिदीलाई सुनाएको जानकारी दिए । म्युजिक भिडियोमा बालकलाकार प्रिन्स लम्साल,नवराज अधिकारी, सरला अधिकारी र लक्ष्मी अधिकारीलेस्वर दिएका छन् । भिडियोमा प्रिन्स लम्साल, रिया खड्का, दोहोरी गायक प्रेमराज अधिकारी, माया गिरी, लक्ष्मी देवकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

Advertisement

सर्जक अधिकारी र सरला अधिकारीको प्रस्तुति रहेको गीतको शब्द संकलननवराज अधिकारी र प्रेमराज अधिकारीले गरेका छन् । समीर रामदामको सम्पादन, रमेश परियारको लय सिर्जना तथा डिजिटल स्टार पोखराका सञ्चालक तारानाथ आचार्यले निर्देशन गरेको म्युजिक भिडियो शिवराज भुर्तेलले छायांकन तथा विनोद बाजुरालीले मिक्सिङ गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की कार्यसमिति सदस्य तथा गाउँ गाउँमा लोक दोहोरी विभागका प्रमुख आधिकारीले कोभिड १९ले वैदेशिक रोजगारीमा परेको असरलाई समेटेर गत वर्ष तीज गीत दशा बजारमा ल्याएका थिए । उनका जोगी बनियो, जग्गा व्यापारी, झ्याल ढोका बन्द गरे माया लगायतका गीत चर्चित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया