हिमालीक्षेत्रमा लोकेशन हेर्दै बलिउड चलचित्र

समाधान संवाददाता २०७८ भदौ २० गते २०:२५

सुन्दरकुमार थकाली
जोमसोम—पर्वतीय पदयात्रा कथामा आधारित भारतीय बलिउड चलचित्र “उचाई’को छायाँङ्कन नेपालका बिभिन्न हिमालीक्षेत्रमा हुने जनाईको छ । आउँदो अक्टोबर महिनामा सुरु गरिने भारतीय बलिउड चलचित्र “उचाई’को छायाँङ्कनका लागि भारतीय बलिउड चलचित्र युनिटको टोली नेपालका हिमालीक्षेत्रमा लोकेशन छनौट गर्न ब्यस्त छन् ।
राजश्री प्रोडक्सन कम्पनी प्राईभेट लिमिटेडको ब्यानरमा निर्माण हुने बलिउड चलचित्र “उचाई’को निर्देशन सोराज बरजतयाले गर्ने भएका छन् ।

बलिउड चलचित्र “उचाई’को छायाँङ्कन नेपालमा ५० प्रतिशत हुने थ्रिबिलर्स फिल्मका प्रतिनिधि पुष्पराज न्यौपानेले जानकारी दिए ।उनका अनुसार बलिउड चलचित्र “उचाई’को नेपालमा एक महिना सम्म छायाकन गर्ने योजना रहेको उनले बताए ।

पर्वतीय पदयात्रा कथामा आधारित रहेकाले दुई साता अघि मात्र हवाई मार्ग मार्फत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र अन्तर्गत मुक्तिनाथ,झारकोट,झोङ,कागबेनी,सेल्फी पार्क लगायतको स्थानमा लोकेशन अवलोकन गरी टोली फर्किएको उनको भनाई छ ।

Advertisement

टोलीले हवाई मार्ग मार्फत लोकेशन अवलोकन गर्दा पर्याप्त नभएको भन्दै स्थलगत रुपमै लोकेशन अवलोकन गर्नुपर्ने भएकाले बलिउड प्रतिनिधि टोली मुस्ताङ आउने योजनामा रहेको जानकारी दिए ।कोरोना कहरले सिर्जित निषेधाज्ञा जारी रहेको कारण बलिउड प्रतिनिधि टोली स्थल मार्ग हँुदै मुस्ताङ आउन नसकेको बलिउड चलचित्रका प्रतिनिधि न्यौपानेले जनाए ।उनका अनुसार टोलीले मुस्ताङ ,मनाङ र लाम्टाङ मध्ये कुनै एक स्थान तय गर्ने जनाईएको छ ।
टोली प्रतिनिधि न्यौपानेले मुस्ताङमा लोकेशन छनौट गर्न सम्भव रहेमा उपल्लो मुस्ताङसम्म पुगेर छायाँङ्कन गर्ने योजना रहेको बताए । उनले आईतबार हवाई मार्ग मार्फत हिमाली जिल्ला मनाङमा लोकेशन अवलोकन गर्ने तैयारी गरेको जानकारी दिए ।

बलिउड सुपरस्टार सलमान खानद्धारा अभिनित भारतीय बलिउड चलचित्र मैने प्यार किया , हम आपके हे कौन लगायतका दर्जनौं सुपरहिट चलचित्र निर्देशन गरिसकेका निर्देशक सोराज बरजतयाले बलिउड चलचित्र “उचाई’ को निर्देशन पनि उनैले गर्ने भएका हुन् ।

Advertisement

सलमान खानलाई अहिलेको लोकप्रिय अवस्थामा पू¥याउनका लागि महत्वपूर्ण योगदान दिएका निर्देशक सोराज बरजतयाले पर्वतीय कथामा आधारित बलिउड चलचित्र “उचाई’को निर्देशन गर्न लागेका हुन् । बलिउड चलचित्र “उचाई’ले पनि विगतको जस्तै सफलता प्राप्त गर्ने टोली प्रतिनिधि न्यौपानेको दावी छ ।उनले सलमान खानलाई बलिउड फिल्म ईन्डष्ट्रिजमा डेम्भु गराउने निर्देशन सोराज बरजतयानै भएको जनाए ।
केमेडी बिटमा आधारित बलिउड चलचित्र “उचाई’मा भारतीय बहुचर्चित कलाकार अमिताभ बच्चन,अनुपमखेर ,भुमनी रानी र डेनी डेन्जोङ्पा लगायतका कलाकारहरुको अभिनयन रहने बताईएको छ ।
टोली प्रतिनिधि न्यौपानेले अहिले करिव १०—१२ जनाको टिमले प्रारम्भिक लोकेशन छनौटको काम अघि बढाएको र लोकेशन तय भईसकेपछि अक्टोबर महिनामा झन्डै डेढ सय भन्दा बढी भारतीय बलिउडकर्मी नेपाल आउने योजना रहेको जानकारी दिए ।यसअघि करिव ४० को दशकमा अमिताभ बच्चनद्धारा अभिनित बलिउड चलचित्र खुदा गवाहको छायाङ्कन मुस्ताङमानै भएको थियो ।

त्यसपछि मुस्ताङमा बलिउड चलचित्रको छायाङ्कन हुन सकेको छैन । बलिउड चलचित्र“उचाई’को छायाङ्कन भयो भने यो चलचित्र मुस्ताङमा छायाँकन हुने दोश्रो बलिउड चलचित्र हुनेछ ।
भारतीय बलिउड चलचित्र प्रोडक्सन राजश्री कम्पनी र नेपालमा थ्री विल्डर्स फिल्मको संयुक्त टोलीले बलिउड चलचित्र“उचाई’को छायाँङ्नमा सहकार्य गर्ने टोली प्रतिनिधि पुष्पराज न्यौपानेले जानकारी दिए ।

उनले स्थानीय स्तरमा जनताको साथ र सहयोग बिना चलचित्र छायाँङ्कन गर्न सम्भव नरहेको बताए ।उनले बलिउड चलचित्र “उचाई’को लागत निकै महङ्गो भएकाले चलचित्रले हिमालीक्षेत्रको पर्यटन प्रर्वद्धनमा समेत सहयोग पू¥याउने बिश्वाश ब्यक्त गरे ।

मुस्ताङमा गत बैशाखदेखि जारी निषेधाज्ञा जारी रहेकाले टोली मुस्ताङ आईपुग्न समस्या परेको उनको भनाई छ ।परिस्थिती अनुकुल भएमा यथाश्रिघ मुस्ताङमा लोकशन अवलोकन गरिने उनले बताए । यसअघि कोरोना कहरको अवस्थामा गत जेठमा भारतीय बलिउड चलचित्र “तिरीमाली’को छायाङ्कन भईरहँदा स्थानीय प्रशासनले छायाँङ्कनमा रोक लगाएको थियो ।

फोटो फाईल ः मुस्ताङमा बलिउड चलचित्रको छायाँङकन हुँने ।

तपाईको प्रतिक्रिया