४६ वर्षपछि परिवारसँग पुनर्मिलन

सञ्जय रानाभाट २०७८ कार्तिक ४ गते १७:४३

पाेखरा । उमेरले ९४ वर्षलागेका रामनाथकाे परिवारसँग पुर्नर्मिलन भएकाे छ । ४६ वर्षदेखि परिवार विहीन जीवन बिताएका उनी । दुई महिना अघिदेखि हेम्जाकाे मानवसेवा आश्रममा बस्दै आएका थिए ।

उनलाई असोज २७ गते छोरा लक्ष्मीनाथ खनाल आएर घर लगेको हेम्जा आश्रमका सहसंयोजक सदीश पुनले बताए । परिवारसँग बस्न नसक्ने भन्दै रामनाथले परिवार र गाउँ छाेडेका थिए ।

उनलाई केही समय अघि पोखराकाे महेन्द्रपुलमा बेवारीसे अवस्थामा फेला परेपछि प्रहरीले मानवसेवा आश्रममा पु¥याइएको थियो ।

Advertisement

याे पनि

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया