२२ महिने शिशु करणीको आरोपमा कास्कीमा एक ड्राइभर पक्राउ

समाधान संवाददाता २०७८ कार्तिक ६ गते १७:५२

पोखरा । पोखरा महानगरपालिका ११ फुलबारीमा २२ महिने शिशुलाई करणी गरेको आरोपमा १ पुरुष पक्राउ परेका छन् । गत असोज ३० गते फुलबारीस्थित घरमा साढे ४ बजेतिर करणी गरेको आरोपमा ती पुरुष पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ पर्ने पुरुषको परिचय भने खुलाएको छैन । पक्राउ पर्ने पुरुष पेसाले ड्राइभर हुन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया