फेसन डिजाइनर कन्टेस्ट तथा फेसन शोको तयारी पूरा

समाधान संवाददाता २०७९ चैत २५ गते १८:१०

पोखरा ।

पोखरा‘फेसन डिजाइनर कन्टेष्ट तथा फेसन शो’को तयारी पूरा: नायक अनुपविक्रम शाही सहभागी हुने नयाँ वर्षको अवसर पारेर पोखरामा हुने फेसन डिजाइनर कन्टेष्ट तथा फेसन शो कार्यक्रमको तयारी पूरा भएको छ।

वाऊ इभेन्ट्सको आयोजना एवम् वाऊ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा चैत ३० गते हुने कन्टेष्ट तथा फेसन शो कार्यक्रमको तयारी पूरा भएको संयोजक रबिन गरुङले जानकारी दिए।

Advertisement

फेसन शो कार्यक्रममा चर्चित कलाकार तथा नायक अनुपविक्रम शाही, नायिका तथा मोडल आना शर्मा र फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धरले पनि सहभागी जनाउने वाऊ फेसन स्कुलकी सञ्चालक तारा गुरुङले बताइन्।

फेसन प्रति लगाव हुनेहरुको प्रतिभा प्रष्फुटन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको वाऊ फेसन स्कुलको सञ्चालक समते रहेका गुरुङले बताए।

Advertisement

उनका अनुसार फेसन शो कार्यक्रम समाजमा समस्यामा परेका आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सहयोग पुग्ने उद्दे देश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम पश्चात् वाउ स्कुलले १० जना महिलालाई निशुल्क फेसन डिजाइन अध्यन गराउने पनि गरुङले बताए ।

फरक खालको थिममा पोखरामा नै पहिलोपटक हुन् लागेको फेसन सो कार्यक्रममा फेसन डिजाइनमा अध्यनरत डिजाइनरहरु काठमाडौं, पोखरा, धरान, इटहरी, बाग्लुङ लगायतबाट ९० जना फेसन विधार्थी बीच डिजाइनर प्रधिस्पर्धा हुनेछ।

फेसन सो कार्यक्रममा डिजाइनर प्रतियोगिता विधामा: डिजाइनर अफ द इयर पोखरा, काठमाडौं, धरान, इटहरी, बाग्लुङ लगायतको बिधामा अवार्ड प्राप्त गर्ने कार्यक्रम संयोजक गुरुङले बताए ।

कार्यक्रममा शोको विभिन्न कन्सेप्ट अनुसार फ्ल्यास ब्याग, फ्युचर स्ट्रिक, बाइडल, स्पिरिङ्ग, समर र एथोनिक थिममा १८ जना मोडलहरुलाई प्रस्तुत गरिने फेसन शो कार्यक्रमका कोरियोग्राफर जयन्ती मोक्तानले जानकारी गराइन्।

यस्ता खालका फेसन शोले मोडल एवम् डिजाइनरको बिकासलाई पनि सहयोग पुग्ने र भोलिका दिनमा उनीहरुलाई अगाडि बढ्न आत्मविश्वासमा सकारात्मक भूमिका खेल्ने भएकाले आफूहरुले कार्यक्रमको आयोजना गरेको मोक्तानले बताइन् ।

तपाईको प्रतिक्रिया